पाेखरा: कामदारलाई यौन क्रियाकलापमा लगाएको आरोपमा राेशन खाजाघरको साहुनी पक्राउ
छोरी फरार
पाेखरा | साउन १९, २०८०
पोखरा: वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले यौन शोषणको आरोपमा ३७ वर्षीया एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित रोशन खाजा घरकी सञ्चालिका पार्वती काराखेती रहेकी छिन् भने उनको छोरी फरार छिन् ।
उनलाई बैदाम प्रहरीको टोलीले हिजो (बिहीबार) पक्राउ गरेको हो ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा शुक्रबारनै दिउँसो १ बजे उक्त खाजाघरबाट पोखरा ८ का जनप्रतिनिधि, शुभ अवसर ग्राम नामक संस्थाको सहकार्यमा एक १८ वर्षीया युवतीसहित नाबालिगलाई उद्धार गरिएको थियो ।
त्यसपछि अनुसन्धानको क्रममा ति खाजाघर सञ्चालिका पार्वती र उनकी छोरीले नाबालिग र युवतीहरुलाई कामदारको रुपमा राखी जबरजस्ती (इच्छाविपरीत) यौन व्यवसायमा संलग्न गराई यौन शोषण गरेको खुलेपछि सञ्चालिकालाई पक्राउ गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।
‘नाबालिगलाई काममा राखेर यौन व्यवासयमा लगाउने सूचना आएपछि फलो गरेका थियौ, एउटा नानीलाई उद्धार गरेपछि खाजाघर चलाउने सञ्चालिकालाई नियन्त्रणमा लिएका छौ, ति प्रहरी अधिकृतले भने ।
बैदाम प्रहरीका अनुसार पक्राउ परेका पार्वतीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

